७ बैशाख २०८१, शुक्रबार

नेपालको खुलासाः हाम्रो साथ छाड्नेहरुले पहिले नै नयाँ पार्टी दर्ता गराइसकेका थिए !

Madhav Nepald1629968864

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफुहरुलाई छाडेर जानेहरुले पहिले नै नयाँ पार्टी दर्ता गराएको खुलासा गरेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता नेपालले आफुहरुलाई छाडेर जानेहरुले पहिले नै नै नयाँ पार्टी दर्ता गराएको खुलासा गर्दै प्रमाणसमेत रहेको बताएका छन् ।

“हाम्रो साथ छाडेका साथीहरुले नयाँ पार्टी दर्ता त्यसबेला नै गरिसकेका थिए,” उनले भने ।

ओलीले पार्टीलाई निजी कम्पनीमा ढालेपछि, जनताका एजेन्डालाई तिलान्जली दिएपछि त्यसका विरुद्धमा विद्रोह गर्नेबाहेक विकल्प आफुहरुसँग नभएको उनको भनाई छ ।

‘इतिहासमा यस्तो धेरै भएको छ । समूहमा र पार्टीमा यस्ता विद्रोह भएका छन् । ठूलो पंक्तिले ओली समूहबाट विद्रोह गर्नुभएको छ । हामीले उतिबेलै पार्टी खोल्न सक्थ्यौँ । हामी जनताबाट निर्वाचित भएका कार्यकर्ताको सुरक्षाका बारेमा सोच्नुपर्ने हुन्थ्यो । संघीय संसदको हकमा सोच्नुपर्थ्यो” उनले भने ।

नेता नेपालले नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रिय भएको भन्दै यो जनताको आम चाहाना पनि भएकाले यसलाई छोडेर जान नसकिने बताए ।

‘हामीले पुनर्गठन गरेको पार्टी कम्युनिस्ट पार्टीको पुनर्गठनअन्तर्गत नै हो । निर्वाचन आयोगमा नाम नजुधोस् भनेर नै यो पार्टी राखेका हौं,’ उनले भने, ‘नेकपा लिँदा पुनः पुरानै अवस्थामा फर्कन परेको हो। नेपाल कम्युनिस्ट पार्टी छोडेर जाँदैनौं।’