७ बैशाख २०८१, शुक्रबार

कोरोनाको प्रभाब : फेरि सर्‍यो ‘नीरफूल’को प्रदर्शन मिति

nirful

चैतको ७ लाई रिलिज मिति तय गर्दे दयाहाङ राई स्टारर फिल्म नीरफूलको ट्रेलर केहि दिन अघि सार्वजनिक गरिएको थियो । तर हाल बिश्वमा फैलिएको कोरोना भाइरसको प्रभाबको कारण फिल्मको प्रदर्शन मिति स्थगित गरिएको छ । फिल्मको निर्माण टिमले एक बिज्ञप्ति निकाल्दै उक्त कुरा जानकारी गराएको हो ।

फिल्मको निर्देशक फुलमान बल हस्ताक्षरित प्रेस बिज्ञप्तिमा फिल्मलाइ पुर्व निर्धरि मिति फागुन ३० बाट चैत ७ मा पुर्याएको र यहि मितिलाइ केन्द्रमा राखेर पोस्टर गीत ट्रेलर सार्वजनिकसँगै प्रचारमा समेत लागिरहेको बेला बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासले निर्माण टिमलाइ गम्भिर बनाएको र सर्वसाधारणको स्वास्थ्यलाइ ख्याल गरि नेपाल सरकारले समेत सार्वजनिक भेला सभा समारोह तथा कार्यक्रम गर्न आह्वान गरिरहेको बेला निरफुलका निर्माण टिमले पनि सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगत गर्न निर्णय गरेको कुरा उल्लेख गरिएको छ ।

त्यस्तै यसबाट दर्शकहरुको निरन्तर पर्खाइ र अपेक्षमा पर्न गएको अशुबिधाप्रति माफि माग्दै यस बेला सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने कुरा बताएका छन र स्थिति सामान्य भएपछि फिल्मको नया प्रदर्शन मिति तय गरिने समेत बताइएको छ । यसअघि नै कोरोना भाइरसको प्रभाबको कारण सबैको स्वास्थ्यको ख्याल राख्दै सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु २’ ले पनि प्रदर्शन मिति स्थगित गरिसकेको छ । त्यस्तै फिल्मसँग सम्बन्धिको अन्य कार्यक्रमहरुसमेत स्थगित भइसकेको छ ।
नीरफुलले २०७२ को भुकम्पका कारण बिछोडिएको एक पारिवारको कथालाई प्रस्त¬त गरेको छ । फिल्मको केहि अगाडि सार्वजनिक भएको ट्रेलरले दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्ममा दयाहाङ राईसँगै बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा जिवन बराल लगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा प्रमोद कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, सचिन घिमिरे र निर्देशक वलको पटकथा लेखन अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।

Screenshot 1 1