१३ बैशाख २०८१, बिहीबार

सुनिल थापाले बहिष्कार गरे दुई राप्रपाबीचको पार्टी एकता घोषणासभा

sunil bahadur thapa

राप्रपा र राप्रपा (संयुक्त)बीचको एकता घोषणासभालाई राप्रपा (सयुक्त)का नेता सुनिल थापाले बहिष्कार गरेका छन् । राजधानीमा जारी दुई राप्रपाबीचको एकता घोषणासभामा नेता सुनिल थापा उपस्थित छैनन् ।

यसअघि नेता थापाले विक्रम पाण्डे लगायतका रापपाका नेतासहित काँग्रेस प्रवेश गर्ने तयारी गरेको खबर बाहिरिएको थियो । पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका थापा रापपाका संस्थापक नेता स्व- सुर्यबहादुर थापाका छोरा हुन् ।

गत शनिबार थापा र राणाबीच १० बुँदे सहमति गर्दै पार्टीमा तीन अध्यक्ष रहने गरी एकीकरण गर्ने सैद्धान्तिक सहमति भएको थियो। थापाले आफू गणतन्त्र पक्षधर बताउने गरेका छन्। राजासहितको प्रजातन्त्र मानेर पार्टी एकीकरण भएपछि थापाले बहिष्कार गरेका हुन्।