१४ बैशाख २०८१, शुक्रबार

कोरोनाको प्रभाब ‘म यस्तो गीत गाउछु २’ पछि ‘नीरफुल सर्दे’

nirful

चैतको ७ लाइ रिलिज मिति तय गर्दे दयाहाङ राई स्टारर ‘नीरफूलको ट्रेलर केहि दिन अघि सार्वजनिक गरिएको थियो ’तर हाल बिश्वमा फैलिएको कोरोना भाइरसको प्रभाबको कारण फिल्मको प्रदर्शन मिति स्थगित गरिएको छ ।

फिल्मको आइतबार नयाँ प्रदर्शन मिति घोषणा गरिनेछ । ‘यस फिल्मको निर्देशक फुलमान बलले कोरोना भाइरसको बढ्दो सन्त्रास र हलको परिस्थितीलाई ख्याल गर्दै फिल्म सार्ने निधो गरेका बताएका छन । शुक्रबार सुदर्शन थापा निर्दे्शित ‘म यस्तो गीत गाउँछु २’ले पनि प्रदर्शन स्थगित गरिसकेका छन ।

त्यस्तै चलचित्र निर्माता संघले समेत हाल छायाँकन भइरहेको फिल्महरुको छायाँकन रोक्न प्रेस बिज्ञप्ति मार्फत जानकारी गराइसकेका छन ।

नीरफुलले २०७२ को भुकम्पका कारण बिछोडिएको एक पारिवारिको कथालाई प्रस्तुत गरेको छ । भने फिल्मको सार्वजनिक ट्रेलरले दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन । फिल्ममा दयाहाङ राईसँगै बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायत कलाकारको अभिनय छ।

फ्रेण्ड्स अफ नेपाल म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, ईन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् र कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन।

फिल्ममा प्रमोद कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन सचिन घिमिरे र निर्देशक वलको पटकथा तथा लेखन रहेको छ भने् अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।