७ बैशाख २०८१, शुक्रबार

चीनमा कोरोनाको क्‍वारेन्टाइन बनाइएको भवन भत्किँदा ७० जना थुनिए

coronavirus china hotel

चीनको पूर्वी प्रान्त फुजिआनस्थित एउटा होटल भत्किँदा ७० जति मानिस फसेका छन् ।

सरकारी अधिकारीहरुका अनुसार शनिबार साँझ छिन्जिआ होटल अचानक भत्किएको हो । स्थानीय समय अनुसार साढे ७ बजे यस्तो घटना भएको हो । जहाँ २३ जना मानिसको उद्धार भएको थियो ।

८० वटा कोठा भएको उक्त होटल हालै कोरोना भाइरसका संक्रमितहरुका लागि क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो । पिपल्स डेलीका अनुसार उद्धार कार्य अहिले पनि जारी छ । एजेन्सी