१६ चैत्र २०८०, शुक्रबार

दिपक र सुनिताको स्वरमा ‘गाउले जिवन’ सार्वजनिक

Gaule Hami Ta

गाएक दिपक घर्तिमगर र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा सजिएको गाउले हामी त बोलको गीतसँगै भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा प्रकाश कुनुवारको शब्द प्रकाश पराजुलिको सँगित तिलक ओलीको एरेन्ज रहेको छ । पश्चिमे लोक शैलिमा तयार भएको यस गीतमा चाहना रानामगर र प्रकाश कुनुवारको साथमा अन्य कलाकारहरले नाचेको छन ।

भिडियोको निर्देशनमा राजकुमार मगर छायाँकनमा प्रकाश खडका र सम्पादन तथा कलरिङमा राजकुमार मगरकै रहेको छ । पछिल्लो समयका युबापुस्तालाइ लक्षित गरि तयार पारिएको यस भिडियाले गाउले जिवनको परिस्थितिलाइ देखाइएको छ ।

यसको कथा आचल शाहिले तयार पारेका हुन । भने भिडियोको कोरियोग्राफी मिथु तामाङले गरेका हुन ।

    सम्बन्धित समाचार...