१४ बैशाख २०८१, शुक्रबार

कांग्रेसको अमेरिकामा रहेकी उपमेयर फिर्ता बोलाउन सात दिने अल्टिमेटम

darshan nepali

नेपाली कांग्रेसले लामो समयदेखि अमेरिका रहेकी कालिकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) लाई फिर्ता बोलाउन सात दिने अल्टिमेटम दिएको छ।

शनिबार कांग्रेस कालिकोटले उपमेयर नेपालीलाई फिर्ता बोलाउन माग गर्दै मेयर रतनबहादुर शाहीलाई सात दिने अल्टिमेटम दिएको हो।

कांग्रेसले नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाललाई नगरपालिकामा उपस्थित गराइ नागरिकको सेवा प्रवाहमा सहजता ल्याउन पनि माग गरेको छ।

कांग्रेस कालिकोटका उपसभापति शंकरप्रसाद उपाध्यायको नेतृत्वमा नगरपालिकामा पुगेको टोलीले मेयर शाहीलाई ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र नगरपालिकाका उपमेयर र प्रमुख प्रशासकीय अधिकृतलाई उपस्थित गराउन माग गरे।

जनताको जनमतको अपमान हुने गरी उपमेयर अमेरिका गएर बसेको कांग्रेसको भनाइ छ।

‘उपमेयर अमेरिका किन लुकिन्, यसबारे मेयरले खोजि किन गरेनन्रु यो लापरवाही र जनताको मतको अपमान हो,’ उनले भने, ‘सात दिनभित्र फिर्ता बोलाइयोस्।’

गोष्ठीमा सहभागी हुन गएकी उपमेयर नेपाली स्वदेश फर्किएकी छैनन्। उनी गत कात्तिकमा अमेरिका गएकी थिइन्। उनले आफू बिरामी भएर अमेरिकामै उपचार गराएर बसेको बताउँदै आएकी छन्।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उनी उपमेयर भएकी थिइन्। यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिजाल लामो समयदेखि बिदामा छन्।

    सम्बन्धित समाचार...