४ बैशाख २०८१, मंगलवार

चलचित्र ‘हजार जुनीसम्म’ भारतमा प्रदर्शन

hajar juni

पछिल्लो समय नेपाली फिल्मको बजार विस्तारमा निर्माता निर्देशक कसरत छन् । विदेशी मार्केटसंगै नेपाली फिल्मलाई छिमेकी राष्ट्र भारतको नेपाली भाषीको बसोबास रहेको दार्जि्लिङ्ग , सिक्किम लगायतका स्थानमा प्रदर्शन गर्न सकेपनि राम्रो दर्शकसंगै बजार विस्तारमा टेवा पुग्छ ।

यसकै शिलशिलामा केहि महिनाको तयारीपछि गत साउनमा नेपालमा प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ रिलिज हुने भएको छ । विकासराज आचार्य निर्दे्शित लभस्टोरी फिल्म ‘हजार जुनीसम्म’आउँदो मार्च १३ बाट सिलीगुरीको इनोक्स सिटी सेन्टर , इनोक्स भेजामल , कार्निभलमा प्रदर्शन हुँदैछ ।

यसैगरी दार्जि्लिङ्गको इनोक्स रिङ्क मल , कुर्सियोङ्गको फान्टासिया , कालिम्पुङको ड्रिम थियटर , सिक्किमको पनि ड्रिम थियटर , गान्तोकको डेन्जोङ्ग हल र नाम्चीको इपेरियल टाकिजमा लगायतका हलमा फिल्म प्रदर्शन हुदैछ । फिल्म प्रदर्शन लाई लक्षितगर्दै सोमवार कालिम्पुङमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले फिल्म दार्जि्लिङ, कालिम्पुङ, सिक्किम र सिलीगुरीमा रहेका सम्पूर्ण हलमा प्रदर्शन हुने जानकारी गरायो ।

पत्रकार सम्मेलनमा अभिनेताद्वय आर्यन सिग्देल र अखिलेष प्रधान, अरुण रेग्मी र भारत प्रदर्शन अधिकार लिएको ड्रिम थिएटर मोसन पिक्चरकीमार्के्टिङ हेड सुष्मा राई उपस्थित थिए । मोसन पिक्चरकी सुष्माले सिक्किमको प्राकृतिक सुन्दरता कैद गरिएकाले सिक्किमकादर्शकलाई विशेषगरि फिल्म हेर्न आग्रह समेत गरिन् । आर्यनले पनिफिल्म स परिवारले संगै हेर्न मिल्ने रहेको बताए । ’फिल्म फ्यामिली ड्रामासंगै प्रेम कथामा आधारित छ । मायाको पर्खाइ र समपर्ण रहेको फिल्मले मन छुनेमा आशावादी छु’ आर्यनले भने ।

उपस्थित अखिलेसले डेब्यु फिल्ममा सकेको काम गरेको बताए । ’मेरो पहिलो भएकोले मैले धेरै सिक्नपाए र यसलाई रुचाइनेमा आशावादी छु’ उनले भने । उपस्थित अरुणले नेपाली फिल्मको बजार रहेकाले नेपालीफिल्मले मायापाउनेमाविश्वस्त रहेको प्रतिक्रियादिए । ’हामीलाई केहि समय लाग्यो किनकी केहि प्रावधान थिए तर अबहामी नेपालीफिल्म रेगुलर यहाँलगाउने सोचमा छौ । मेरो मात्रनभई राम्रा नेपाली फिल्मलाई यो बजारमा ल्याउने छु’ अरुणले भने । उनले अन्य बाँकी स्टेसनमा पनिफिल्म छिटै रिलिज गरिने बताए ।

फिल्मको छायांकन सिक्किम र दार्जि्लिङ्गको रमणीय दृश्यमा गरिएको थियो भने एमजी रोडमा छायांकन गरिएको गीत’एमजी रोडैमा’त्यहाँ लोकप्रिय भईसकेको छ । फिल्ममा स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, सञ्चिता लुईंटेल, शिवहरी पौडेल लगायतका कलाकारहरु पनि अभिनय छ । पुरुषोत्तमप्रधानको छायांकन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन् ।

    सम्बन्धित समाचार...