१४ बैशाख २०८१, शुक्रबार

‘नीरफूल’ को ट्रेलर सार्वजनिक

nirful

सञ्चारकर्मी फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरका साथै फिल्मको प्रदर्शन मिति पनि परिवर्तन भएको छ । फिल्मको केहि अगाडि फस्टलुक पोस्टर सार्वजनिक गर्दे फागुन ३० रिलिज मिति तय गरिएको थियो तर सो मितिमा यस बर्षको बहुप्रतिक्षित फिल्म फागुन २३ बाट ३० मा पुगेपछि नीरफुल चैत ७ मा पुगेको हो । साथै फिल्म “म यस्तो गीत गाउँछु” लाई फागुन ३० छाडेर आफुहरु पर सरेको निर्माण टिमले बताएका छन ।

भुकम्पमा परि बिछोडिएको परिवारले पुनर्मिलनको लागि गर्ने संघर्षमा आधारित रहेको यस फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ ।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वलले लेखेका हुन् । फ्रेण्ड्स अफ नेपाल म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन।

फिल्मको निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन्। प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठले रहेको छ ।