१३ बैशाख २०८१, बिहीबार

फिल्म प्रेम पूजा’को लागि कलाकार अडिसनको घोषणा

prem puja

निर्माण हुन लागेको फिल्म ‘प्रेम पूजा’को लागि कलाकार अडिसनको घोषणा गरिएको छ । अमरदीप सापकोटाले निर्देशन बन्ने फिल्मको लागि निर्माण टिमले १२ जना कलाकार खोजेको हो । अडिसन दिन चाहने इच्छुकले हालसालै खिचेको तीन प्रति फोटो र बायोडाटा [email protected] मा पठाउनु पर्ने छ ।

prem puja 1

सिनेमाको लागि १९ देखि २५ उमेर समुहको मुख्य अभिनेत्री खोजी छ । जसको हाइट ५.४-५.६ इन्च हुनुपर्नेछ । यस्तै सहायक भूमिकाको लागि ५ जना महिला १९ देखि २५ उमेर समुह र २० देखि ३२ उमेरसम्मका ६ जना पुरुष कलाकारको आवश्यक रहेको निर्माण पक्षले बताएको छ ।

इच्छुकले नेपालसँगै संसार भरबाट अडिसनमा सहभागिता जनाउन सक्नेछन । इन्टरटेनमेन्ट वल्र्डवाइड व्यानरमा निर्माण् हुने फिल्मको फस्टलुक महाशिवरात्रीको अवसरमा सार्वजनिक गर्दै निर्माण पक्षले फिल्म निर्माणको घोषणा गरेको थियो ।

फस्टलुकमा अनुहार लुकाएका पुरुष कलाकार लाइ देखाइएको थियो भने फस्टलुक पोस्टरले राम्रो चर्चासमेत बटुलेको थियो । अभिमन्यु निरवीले लेखेको फिल्म आगामी वर्षको विजया दशमीमा रिलिज गरिने बताइएको छ ।

    सम्बन्धित समाचार...