७ बैशाख २०८१, शुक्रबार

नीरफुलको फस्टलुक पोस्टर सार्वजनिक

nirful

फिल्म नीरफुलको पोस्टर सार्वजनिक गरिएको छ । आगामि फागुनको ३० बाट प्रदर्शनमा आउने फिल्मले भुकम्पको कारण बिछोडिएको एक परिवारको प्रेमकथामा आधारित रहेको छ ।

गणेश हिमाल क्षेत्रमा पर्ने रुबि भ्यालि र काठमाडौमा छायाँकन गरिएको फिल्मलाइ फुलमान बलले निर्देशन गरेका हुन । फिल्ममा दयाहाङ राईर रेखा थापा शान्ति वाइबा बुद्धि तामाङ पुस्कर गुरुङ छ्योकि घिसिङ राजन खतिवडा सरोज अर्याल सरिता गिरी मानस राज लगायत कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मको सार्वजनिक पोस्टरमा फिल्मको चरित्रहरुको सँघर्ष र बिछोड देखाइएको छ । भने अभिनेत्री रेखा थापालाइ पोस्टरमा देखाइएको छैन ।

फ्रेण्डस अफ नेपाल म्यानमार फ्रेण्डसिप काउन्सिलसितको सहकार्यमा सोलो प्रोडक्सनले निर्माण गरेको फिल्मको निर्मातामा माया केसी दिपक श्रेष्ठ चन्द्रमाया तामाङ यदय लामा रोज लामा इन्द्र तामाङ दिनेश लम्तरी मगर अजितमान श्रेष्ठ दिजेश श्रेष्ठ तेन्जिङ सोनाम गणेश लामा अशोक थापा बिके श्रेष्ठ कार्यकारी निर्मातामा डोमा सोनाम छायाँकनमा प्रदिप कार्कि सम्पादनमा निमेश श्रेष्ठ र सँगितमा अर्जुन पोखरेल र अर्जुन दोङको रहेको छ ।