२६ बैशाख २०८१, बुधबार

‘फूलबारी’ पोस्टरमा तन्नेरी दयाहाङ, पाका विपिन

phulbari

फिल्म ‘फूलबारी’को फस्टलुक सार्वजनिक गरिएको छ । निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर सामाजिक कथामा बनेको यो फिल्मको फस्टलुक रिलिज भएको हो ।

सार्वजनिक फस्टलुकमा यसका मुख्य कलाकारलाई समावेश गरिएको छ । फिल्मको फस्टलुकमा नायक विपिन कार्कीको गेटअप फरक छ । उनलाई पाको उमेरको व्यक्तिको भूमिकामा देखाइएको छ ।

साथमा फिल्मको फस्टलुकमा नायक दयाहाङ राई, नायिकाहरु प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ, कलाकार अरुणा कार्कीलाई देख्न सकिन्छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्म फागुणको ५ गतेबाट विश्वव्यापी रिलिज हुँदैछ ।

मणीराम पोखरेल कार्यकारी निर्माता रहेको फिल्मका निर्माता मनिष ढकाल हुन् । फिल्ममा चलचित्रमा कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत, जोश हेरुमको छायांकन छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको फिल्ममा कमल किशोर मालपानीको कथा छ ।