१३ बैशाख २०८१, बिहीबार

‘वीर विक्रम २’ को पाइरेसी भएपछि फेसबुकमा मिलन चाम्सको कडा आक्रोश

Milan Chams

सामाजिक सञ्जाल फेसबुकमा नेपाली फिल्म पाइरेसी हुने क्रम बढ्दो छ। पछिल्लो समय फिल्म ‘जात्रै जात्रा’, ‘क्याप्टेन’, ‘कबड्डी कबड्डी कबड्डी’ लगायतका थुप्रै फिल्महरु पाइरेसीको मारमा परेका हुन्।

त्यस्तै मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम २’ पनि पाइरेसीको शिकार भएको छ। युट्युबमा रिलिज हुनु अगावै फिल्मको पाइरेसी भएपछि चाम्सले फेसबुकमा स्टाटस लेख्दै आक्रोश पोखेका छन्।

उनले लेखेका छन्, ‘हामी करोडौं खर्च गरी, रात दिन दुःख गरेर फिल्म बनाँउछौं। तपाईहरु फेसबुकमा केही नसोची हाली दिनुहुन्छ पुरै फिल्म, यसरी त बाँच्न गाह्रो हुन्छ।’

Milan Chams 1

केही दिनयता यो फिल्म सामाजिक सञ्जालमा भाइरल नै भएको छ। गत जेठमा प्रदर्शनमा आएको ‘वीर विक्रम २’ व्यापारिक रुपमा भने सफल भएन।

‘वीर विक्रम २’ नेपालमा रिलिज भएपनि नेपालीहरु बसोबास गर्ने अन्य मुलुकमा भने रिलिज हुन बाँकी नै छ।

त्यस्तै निर्देशक चाम्सले अर्को स्टाटसमा दर्शकहरुलाई फिल्म फेसबुकमा शेयर नगर्न समेत आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘चलचित्र पाइरेसी गर्नेले त गरिहाल्नु भयो, उहाँलाई कानुनले पनि पक्कै छोड्ने छैन। हजुर दर्शकहरुले फेसबुकमा शेयर नगर्दिए नेपाली चलचित्रलाई ठूलो सहयोग मिल्ने थियो।’

Milan Chams f

    सम्बन्धित समाचार...