१५ बैशाख २०८१, शनिबार

गठबन्धन सरकारकाे न्यूनतम कार्यक्रममा परराष्ट्र सम्बन्धमा यस्ताे नीति

gathabandhan sarkar

सरकारको साझा न्यूनतम कार्यक्रममा देशको राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितलाई रक्षा गर्ने, भूपरिवेष्टित देशको अधिकार सुनिश्चित गर्ने, ठूला र साना देशहरूबीच सार्वभौम समानताको आधारमा व्यवहार हुने तथा एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिको पक्षपोषण गर्ने नीति अख्तियार गरेकाे छ ।

त्यसैगरि संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त, विश्व शान्ति एवम् अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तका आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने सरकारको नीति रहेकाे छ ।

शान्ति, स्थिरता, आर्थिक रुपान्तरण र जनताको समृद्धिका लागि पारस्परिक हित र लाभका आधारमा छिमेकीलगायत विश्वका सबै मित्र राष्ट्रहरुसँगको मैत्रीपूणर् सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी सहयोगका क्षेत्रहरु विस्तार गरी सहकार्य र अन्तरआबद्धतालाई बढावा दिने र परराष्ट्र सम्बन्ध सञ्चालनमा राष्ट्रिय सहमति कायम गर्ने सरकारको नीति छ । साझा न्यूनतम कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारले राष्ट्रिय सहमतिको पहल गर्ने जनाएको छ ।