१४ बैशाख २०८१, शुक्रबार

पौडी खेल्ने क्रममा नारायणी नदीमा एकको निधन

narayani
फाइल फोटो

नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक जनाको निधन भएको छ । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका–१० का २७ वर्षीय रञ्जन आचार्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नदीमा डुबेर स्वास्थ्य अवस्था गम्भीर भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज साँझ ४:१५ बजे निधन भएको प्रहरीले जनाएको छ ।