४ बैशाख २०८१, मंगलवार

नारायणीमा पानीको बहाव बढ्ने सम्भावना, सतर्कता अपनाउन अनुरोध

narayani

नारायणीसहित माहाकाली र यिनका सहायक नदीहरूमा आज पानीको बहाव बढ्ने सम्भावना रहेको छ ।

केहीमा सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको हो ।

कोसी र कर्णालीका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज संखुवासभा, खोटाङ, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कैलाली र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

पहाडी क्षेत्र भएर बग्ने मस्र्याङदी, त्रिशुली, सेती जस्ता नदीहरुमा बहाब बढेसँगै नारायणी नदीमा स्वत बहाब बढ्ने मौसम विभागले अनुमान गरेको छ । चितवन र नवलपरासी आशपासका नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।