१६ चैत्र २०८०, शुक्रबार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप

lockdown 1 scaled

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ ।

आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । निषेधाज्ञाका प्रावधानमा भने कुनै परिवर्तन नगरिएको समेत उहाँले जानकारी दिनुभयो ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।