८ बैशाख २०८१, शनिबार

नारायणी नदीमा पानीको बहाव बढ्ने, सतर्क रहन मौसम विभागको आग्रह

narayani

मनसुन सक्रिय हुँदा वर्षाका कारण खोला, खहरे, नाला तथा नदीमा पानीको बहाव बढ्ने क्रम जारी छ ।

देशका विभिन्न क्षेत्रमा नदीमा पानीको बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज प्रकाशित गरेको बुलेटिनअनुसार चितवनको नारायणी नदीसहित महाकाली, कर्णाली, कोशी नदीमा पानीको वहाब बढ्ने छ ।

सहायक नदीहरु भेरी, मर्स्यााङ्दी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, भोटेकोशी, तामाकोशीलगायत तिनाउ, बबई जलाधारका सहायक नदीहरुमा बहाव पनि पानीको मात्रा बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको विभागले जनाएको छ । विभागले तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ ।