१७ बैशाख २०८१, सोमबार

देशमा रोजगारी नपाएपछि पुन: मुग्लान पस्न थाले सुदूरपश्चिमेली, सरकारले नहेरेको गुनासो

india border nepalese 3
फाइल फोटो

रोजगारीका लागी स्वदेशबाट भारत जानेहरुको संख्या दिनप्रति दिन बढ्दै गईरहेको छ । कोरोना महामारीपछि स्वेश भित्रियका नेपालीहरु घर खर्च चलाउन समस्या भएपछि फेरी भारत जान थालेका हुन । अहिले त्रिनगर भन्सार नाकाबाट स्वेशमा रोजगार नभएपछि कमाउन जानेहरुको दैनिक लामो लाईन लाग्ने गरेको छ ।

त्रिनगर भन्सार नाकामा हरेक दिन कोरोना महामारीकै बिच भारत जाने नेपाली नागरिकहरुको ठुलै भिड देखिने गरेको छ । कोरोना भाइरसका बिभिन्न भेरियन्ट फैलिएपछि भारतमा समस्या सहन नसकेरै घर फर्केकाहरु हाल दैनिक बाहिरी रहेका हुन ।

जुगेडाका तेजबहादुर सिंह नेपालमा आफ्नो घर खर्च चलाउन समस्या भएका कारण भारत जानका लागी गर्मी सहेर भएपनि लाईनमा थिए । कोरोना महामारीकै पहिलो लहरमै घर फर्केका उनी गरीखाने जग्गा जमिन नहुँदा र घरमा परिवारको भोकै बिचल्ली हुन थालेपछि आफ्नो स्वास्थ्यको प्रवाह नगरी पुनः भारत जान लागेको उनले सुनाए ।

उनले भने, “आर्थिक स्थिती कमजोर भएका कारण भोकले मर्नु भन्दा बरु रोगले मर्दा बेस” आफुमा काम गर्न सक्ने सिप छ तर स्वेशमा लगानी लाउने पैसा नभएका कारण जोखिम सहेर पनि भारत गईरहेको उनको भनाई छ ।

यतिबेला भारतमा कोरोनाको दोस्रो लहरबाट दैनिक ४० हजार सम्म संक्रमित भईरहेका छन । भने तेस्रो लहरको जोखिम पनि बढ्दै गएको विज्ञहरु बताउँछन । भारत कोरोनाले विश्वको पहिलो रुपमा चिनिरहेको छ । आगो झैं फैलिरहेको महामारीको बिचमा नेपालीहरु भारतकै भरमा बाचिरहेको उनले बताए ।

कैलालीको सुख्खडबाट भारत जानको लागी करन थापा पनि सोही लाईमा बसेका थिए । सरकारले गरिब जनाताहरुका लागी केही पनि गर्न नसकेको उनले गुनासो पोखे । नेपालमा पनि काम गर्दा ठेकेदारबाट ठगिने भएकाले काम गर्न असहज भएकाले जोखिम बोकेर भारत जाने आफुले निधो गरेको उनले सुनाए ।

त्रिनगर भन्सार नाका भएर सुदुरपश्चिमका मात्रै नभई कर्णाली प्रदेश, प्रदेश नम्बर ५ लगायत अन्य ठाउंका नेपालीहरु भारतकै भरमा देश छोड्न थालेका छन । भारत जानेहरुमा साना बालबालिका, युवा, महिला देखि लिएर बृद्ध बुद्धाहरु रहेका छन । देशमा तिनै तहका सरकार आए तर कार्यकाल समाप्त हुनै लाग्दा पनि जनताले अरु देशको भरमा गुजारा गर्नु परिरहेको भारत जाने नेपालीको गुनासो छ ।