१४ बैशाख २०८१, शुक्रबार

जनताप्रति जिम्मेवार भएर काम गर्छौं : गृहमन्त्री खाँण

Pro Ktm rajyabayabasta1 1024x682 1

गृहमन्त्री बालकृष्ण खाँणले सरकारले जनताप्रति जिम्मेवार भएर काम गर्ने बताउनुभएको छ ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा गृहमन्त्री खाँणले दार्चुलाका जयसिंह धामी प्रकरणपछि त्यहाँ तुइन विस्थापित गरी झोलुङ्गे पुल राख्ने र सडक निर्माण गर्ने कार्यमा सरकार लागिरहेको बताउनुभयो ।

गृहमन्त्री खाँणले दार्चुला घटनाबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन तयार पार्ने क्रममा रहेको र छिट्टै सार्वजनिक गर्ने बताउनुभयो ।

गृहमन्त्री खाणले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको अनुसन्धान तथ्य नजिक पुगेको र अनुसन्धानले पूर्णता पाएपछि मात्रै तथ्यहरू सार्वजनिक गरिने बताउनुभयो ।

बैठकमा गृह सचिव टेकनारायण पाण्डेले कालावजारी नियन्त्रणका लागि सम्बन्धित पक्षसँग छलफल भइरहेको बताउँदै गृह प्रशासन कालावजारी र रिलेबलिङलाई नियन्त्रण गर्न क्रियाशील रहेको बताउनु भयो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला पन्तको हत्याको विषयमा प्रमाण सहितको निष्कर्षमा पुर्‍याउने तर्फ अनुसन्धान केन्द्रित रहेको बताउनु भयो ।