१५ बैशाख २०८१, शनिबार

कांग्रेस नेता खाणले भने- गठबन्धन तोडियो, आत्तिनु पर्दैन

Balkrishna khad 1
फाइल फोटो

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बुटवलमा पनि बीपी कोइरालाको स्मरणमा कार्यक्रम गरिएको छ । ४६औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बुटवलमा गरिएको कार्यक्रममा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पार्टी र देशमा राजनीतिक परिवर्तनमा योगदान दिने बीपी कोइरालाको दूरदर्शिताका विषयमा चर्चा गरे ।

राजनीतिक परिवर्तनमा बीपीकी योगदान आजको आवश्यकता भएको उनको भनाइ छ । उनले राजनीतिक पार्टीहरुका लागि सत्तामा पुग्ने र बाहिरिने स्वभाविक प्रक्रिया भएको जनाए । शनिबार गरिएको कार्यक्रममा कांग्रेस नेता खाणले अहिलेको अवस्थामा गठबन्धन तोडिए पनि कार्यकर्ताहरुलाई अहिले नै नआत्तिन सुझाए । उनले भने, ‘तथापि हामी रणनीतिक रुपमा कहानिर चुक्यौं भन्ने कुराको समीक्षा गर्न जरुरी छ ।’

उनका अनुसार कांग्रेसको नीति र सिद्धान्तमा कुनै कमी नभए पनि कार्यान्वयनको रणनीतिक रुपमा समीक्षा गर्नुपर्नेछ । नेता खाणले कहिलेकाहीँ नेपालको राष्ट्रियता मजबुत गर्न, प्रजातन्त्र जोगाउन, कांग्रेसको प्रभावकारिताका लागि एकता गरौं भन्दा पार्टीभित्र आलोचित हुनुपरेको गुनासोसमेत गरे ।