२६ बैशाख २०८१, बुधबार

यसपालि भाषण कम, काम धेरै गर्छु : प्रधानमन्त्री

parchanda

प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार गृहजिल्ला चितवन आए । प्रधानमन्त्री चितवन आउनुको मुख्य उद्देश्य थियो– एउटा विद्यालयको वार्षिकोत्सवमा सहभागिता जनाउने । विद्यालयको वार्षिकोत्सवलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले भने, ‘यो कार्यकालमा भाषण कम, काम धेरै गर्ने प्रतिज्ञा गरेको छु ।’

सरकार सम्हालेको एक हप्ता हुनै लाग्दा प्रधानमन्त्री दाहाल शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालय ६० औं वार्षिकोत्सवमा मुख्य अतिथि बनेका हुन् ।

विद्यालयको हीरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने तर्क गर्दै भने, ‘अहिले धेरै भाषण गर्ने मनस्थितिमा म छैन, यो कार्यकालमा भाषण कम, काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु ।’

प्रधानमन्त्री दाहालले कार्यक्रममा भने, ‘जनतालाई पीर मर्कामा पार्ने कुनै पनि निर्णयमाथि कठोर कदम चलाएर जनता र राष्ट्रको पक्षमा नै जाने संकल्प लिएको छु ।’