१८ बैशाख २०८१, मंगलवार

अप्रत्याशित घटनाले गठबन्धन भंग भयो : माधव नेपाल

madhav nepal

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भइ गठबन्धन भंग भएको बताएका छन् ।

एकीकृत समाजवादीको आजदेखि सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा उनले राजनीतिमा नयाँ किसिमको चुनौती देखापरेको र यसलाई आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।

बैठकले आफ्नो पार्टी नयाँ गठबन्धनको सरकारमा जाने/नजाने भन्नेबारे निर्णय गर्ने बताइएको छ ।

यसअघि पनि अध्यक्ष नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागी हुने वा नहुने भन्नेमा भूगोलका नेताहरुसँग छलफल गरेका थिए ।