२६ बैशाख २०८१, बुधबार

माधव नेपालको आरोप : एमाले संसद् विघटन गरेर मध्यावधि चुनावमा जाने दाउमा छ

Madhav Kumar Nepal
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने दाउमा रहेको आरोप लगाएका छन् । आज (बुधबार) सुनसरीको इनरुवा पुगेका अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् । तर, एमालेको षड्यन्त्रलाई असफल तुल्याउने उनको दाबी छ ।

उनले एमालेसँग तत्काल एकताको कुनै सम्भावना नरहेको पनि जिकिर गरे । उनले भने,”मन र विचार मिल्नेसँग बहस तथा छलफल गर्न तयार छौं । तर, एमालेभित्र अब अहिले प्रतिनिधिसभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ, मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ । त्यो बाटोमा त हामी जान सक्दैनौँ । संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौँ ।”