७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री दाहालसँग नेपालले भने– ‘सर्वसम्मति भए मात्र राष्ट्रपतिको उम्मेदवार बन्छु’

prachanda lMadhav Nepal
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्मसम्मति भएमा मात्रै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन् ।

आज (बिहिबार) प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न आएका अध्यक्ष नेपालले पदलोलुप देखिएर राष्ट्रपति नहुने बताएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

राष्ट्रपतिको विषयलाई लिएर अध्यक्ष नेपाल निरन्तर संवादमा रहेका छन् । उनलाई राष्ट्रपति बनाउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलेसमेत प्रधानमन्त्री प्रचण्ड समक्ष सिफारिस गरेका छन् ।

आजको छलफल पछि प्रधानमन्त्री प्रचण्डले नेता नेपालको उम्मेदवारीका बारेमा अन्य दलका शीर्ष नेतासँग पनि छलफल गरेर टुंग्याउने आश्वासन दिएका छन् ।