१३ बैशाख २०८१, बिहीबार

विभाजन भएसँगै प्रदेश १ मा नेपाल पक्षका ८ सांसद एमालेमै रहने

1 uml

नेकपा एमाले विभाजन भएसँगै प्रदेश १ को सांसदहरु को कता लाग्ने भन्ने विषय खुल्दै आएको छ । यसअघि माधव पक्षमा लागेका ८ जना सांसदहरु एमालेमै रहने भएका छन् ।

एमाले संसदीय दलको आज बसेको बैठकमा माधवपक्षका भीम आचार्यसहित ८ जना सहभागी भएका छन् । यसरी सहभागी हुनेहरुमा आचार्यसहित जीवन घिमिरे, लछुमन तिवारी, लिलाबल्लभ अधिकारी, यशोदा अधिकारी, बलबहादुर साम्सोहाङ, होमकुमार साँवा र सावित्री जोशी रहेका छन् । यस अघि प्रदेश १ मा १५ जना सांसदहरू नेपाल पक्षामा देखिएका िथए ।