८ बैशाख २०८१, शनिबार

दलहरूको लागि समीक्षाको विषय मतदाताको सहभागीता घट्नु : माधव नेपाल

Madhav Kumar Nepal
फाइल फोटो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै मतदातालाई धन्यवाद दिएका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष नेपालले मतदातालाई धन्यवाद दिएका हुन् ।  उनले मतदानको प्रतिशत घट्ने विषय राजनीतिक दलहरूको लागि समीक्षाको विषय बन्नुपर्ने समेत बताएका छन् ।