१७ बैशाख २०८१, सोमबार

युएन मिसनको परीक्षाको प्रश्नपत्र चोरी भएको पुष्टि

1586359116Police1

संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा पठाउन नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रिस्याट) को प्रश्नपत्र ‘लिक’ भएको घटनाको छानविन क्रममा युएन शाखाका एसपीको घर्राबाट प्रश्नपत्र चोरी भएको पुष्टि भएको छ ।

डिआईजी वसन्त लामा नेतृत्वको छानविन समितिका एक सदस्यका अनुसार युएन शाखाका एसपी अनुपम शमशेर राणाको घर्राबाट कार्यालय सहयोगी सुरेश बमले साउन १३ गते साँझ ८ बजे प्रश्नपत्र निकालेको पुष्टि भएको हो ।

ती सदस्यले भने, ‘प्रि–स्याट’को प्रश्नपत्र एसपी राणाको घर्रारामा राखिएको रहेछ, एसपी राणा घर्राको चावि लगाएर हिडिसकेपछि कार्यालय सहयोगी सुरेश बमले अर्को चावि प्रयोग गरेर साँझ ८ बजे घर्राबाट प्रश्नपत्र निकालेको खुलेको छ । यो विषयमा थप छानविन गर्दैछौँ।’

छानबिन समितिका ती सदस्यका अनुसार छानविनका क्रममा सुरेशले प्रश्नपत्र निकालेर हवल्दार कुमार शाहलाई दिएको बयान दिएका छन् ।