१६ चैत्र २०८०, शुक्रबार

भोलिदेखि एक हप्ता देशभर मास्क अभियान

rajani foundation mask
फाइल फोटो

कोरोना सङ्क्रमणको महामारी नियन्त्रणका लागि सरकारले भोलिदेखि एक हप्ता नेपाल मास्क अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भर्चुअल पत्रकार सम्मेलन गर्दै भोलिदेखि साउन २९ गतेसम्म नेपाल मास्क अभियान सञ्चालन गर्ने विषयमा जानकारी दिएको हो ।

कोरोना भाइरसको जोखिम कायमै रहेकाले सबै नागरिकलाई सही तरिकाले मास्क लगाउने व्यवहारलाई प्रवर्द्धन गरी प्रोत्साहन र उत्प्रेरित गर्न नेपाल मास्क अभियान सञ्चालन गर्न लागेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले जानकारी दिनुभयो ।

डा.थपलियाले निषेधाज्ञा खुकुलो भएसँगै भेटघाट बढेको, मिचिमिची हात धुने र मास्कको उचित प्रयोगमा हेल्च्याक्र्याई भइरहेको तथा सबै नागरिकलाई समयमा नै खोप लगाउन नसकिएका कारण जुनसुकै बेला पनि संक्रमण बढ्नसक्ने बताउनुभयो ।
उहाँले मास्कको उचित प्रयोगले नै कोरोनाको जुनसुकै भेरियन्टबाट बच्न सकिने पनि बताउनुभयो ।