२० बैशाख २०८१, बिहीबार

सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

umesh shresth new

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी तलब र सुविधा नलिने घोषणा गरेका छन् ।

सोमबार आफ्नो एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले मन्त्रीको रुपमा आवास, तलब भत्तालगायतको कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका हुन् । उनले सुरक्षाकर्मी भने राख्ने छन् ।

राज्यमन्त्री श्रेष्ठले आफू आबद्ध सबै संस्थाबाट अलग्गिएको घोषणासमेत गरे ।

साउन १० गते स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका श्रेष्ठ व्यवसायी भएको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाको आलोचना भएको थियो ।

राज्यमन्त्री श्रेष्ठले असोज मसान्तसम्म एक तिहाइ जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप लगाउने र चैत मसान्तसम्म सबैलाई खोपयुक्त बनाउने दाबी गरे ।