१६ चैत्र २०८०, शुक्रबार

शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुन बन्दैछ : राज्यमन्त्री श्रेष्ठ

60fd371be5b4c umesh shrestha
फाइल फोटो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन् ।

राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उल्लेख गर्दै ती कानुनहरु बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी बन्ने बताएका हुन् ।

शनिबार काठमाडौँको स्वस्तीश्री गुरुकुल विद्यालयले आयोजना गरेको र एक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुर्याउने काममा सरकार लागिपरेको बताए ।

राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको विकासमा अझ सक्रियताका साथ लाग्न पनि निजी क्षेत्रका लगानीकर्ताहरुलाई आह्वान गरे ।