१२ बैशाख २०८१, बुधबार

प्रचण्डकै कारण देशमा राजनीतिक संकट आयो : पोखरेल

prachanda pokharelmeet

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का कारण देशमा राजनीतिक संकट आएको बताएका छन् ।

जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल बुटवलले सोमबार आयोजना गरेको एक कार्यक्रममा उनले प्रचण्डमा भएको अस्थिरता, अवसरवाद र महत्वकांक्षाका कारण देशमा राजनीतिक संकट पैदा भएको आरोप लगाए । प्रचण्डले पूर्वएमाले भित्रको अन्तरविरोधमा खेलेर पार्टी फुटाएको उनको भनाइ थियो ।

अनुशासनमा नबस्ने नेतालाई कार्यकर्ताले दण्डित गर्ने पोखरेलको भनाइ छ । अहिले जस्तो पार्टीभित्र अनुशासनहित नेता भए आश्रितले अछाड्ने भन्दै पार्टीमा आश्रितको अभाव भएको पोखरेलको भनाइ थियो ।