१४ बैशाख २०८१, शुक्रबार

दशैंअघि दुई करोड ५ लाख डोज खोप ल्याउने सरकारको तयारी

umesh

सरकारले कोरोना भाइरस विरुद्धको खोप दशैँ अघि दुई करोड ५ लाख डोज ल्याउने तयारी गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दशैं अघि नै कोभिड(१९ विरुद्ध २ करोड ५ लाख डोज खोप ल्याइने बताएका हुन् ।

स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले खरिद, लागत साझेदारी र कोभ्यासमार्फत खोप ल्याउन लागिएको जानकारी गराए ।

चीनबाट ४४ लाख डोज भेरोसेल खोप १० दिनभित्र ल्याइने उनको भनाई छ । बालबालिकाको लागि ४० लाख मोर्डना र ६० लाख डोज फाइजर खोप ल्याउने तयारी भएको छ ।

मोर्डनालाई पैसासमेत भुक्तानी गरिएको राज्यमन्त्री श्रेष्ठले बताए । कोभ्याक्सबाट १ करोड १३ लाख डोज खोप निःशुल्क आउन लागेको जानकारी दिँदै उनले बाँकी डोज लागत साझेदारीबाट ल्याउन लागिएको समेत जानकारी दिए ।

लागत साझेदारीबाट ६० लाख डोज सुनिश्चित भएको उनको भनाई छ । राज्यमन्त्री श्रेष्ठले भने, ‘चैतसम्म शतप्रतिशत नेपालीलाई खोप लगाउने प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार अगाडि बढेका छौं ।’