साताको पहिलो दिन नेप्से परिसुचकमा १०८ अंकले गिरावट

साताको पहिलो दिन नेप्से परिसूचकमा १०८.२६ अंकले गिरावट आएको छ। कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से २८१८.७३ विन्दुमा पुगेर बन्द भएको हाे ।
आज (आइतार) २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता सेयर किनबेचमा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४७ रूपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
आज करिब सबै कम्पनीको नकारात्मक सर्किट लागेको छ । विकास बैंक समूह ७.२१ र फाइनान्स समूह ८.०१ प्रतिशतले घट्न पुगेको छ । आज सबैभन्दा उच्च अंकले १४७.३१ गिरावट आएपछि ४० मिनेट कारोबार बन्द भएको थियो ।
शेयर कर्जामा राष्ट्र बैंकको सीमा निर्धारणको असर शेयर बजारमा परेको जानकारहरु बताउँछन् ।