४ बैशाख २०८१, मंगलवार

एक हजार ८९ मा काेराेना पुष्टि, १,५३४ संक्रमित निकाे भए, २० जनाको निधन

corona insurance

पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना काेराेना संक्रमण पुष्टि भएकाे हाे।

हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६९ हजार २७१ पुगेको मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको निधन भएको छ । योसँगै नेपालमा निधन हुनेको संख्या १० हजार ८३८ पुगेको छ । यही अवधिमा थप १ हजार ५३४ जना निकाे भएका छन् । हालसम्म निकाे हुनेकाे ७ लाख २७ हजार १८५ पुगेकाे मन्त्रालयले दिएकाे जानकारीमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ जना रहेका छन् ।