१२ बैशाख २०८१, बुधबार

साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले ओरालो, दुई अर्बको कारोबार

stock

साताको पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले ओरालो लागेको छ ।

गत साता अन्तिम दिन शुक्रबार १६ अंकले घटेको नेप्से साताको पहिलो कारोबार दिन आइतबार ३३.३६ अंकले ओरालो लागेको छ ।

नेप्से १.६५ प्रतिशतले घटेर १९८९.२९ बिन्दुमा पुगेको छ । आज २२४ कम्पनीका ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर दुई अर्ब पाँच करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँमा किनबेच भएको छ । 

१३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको समूहगत सूचक घटेका छन् । आज म्युचुअल फन्डको मात्र समूहगत सूचक ०.५३ प्रतिशतले बढेको छ । सेन्सेटिभ इन्डेक्स पनि १.५४ प्रतिशतले घटेर ३८५.७० को बिन्दुमा झरेको छ ।