१४ बैशाख २०८१, शुक्रबार

सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताहरुको बैठक बस्दै

6100ea999c6b4 gatbahndan baithak

सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक आज बस्ने भएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो।

बिहान साढे ८ बजे बालुवाटरमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार, विभिन्न नियुक्तिलगायत विषयमा छलफल हुने बताइएको छ । बैठकमा मन्त्रालय भागबण्डाको विषयमा समेत छलफल हुने भएकाले आजै मन्त्रिपरिषद् विस्तार हुन सक्ने अनुमान गरिएको छ ।

गठबन्धनका शीर्ष नेता सहभागी हुने बैठकमा सरकारका अन्य काम–कारबाहीका विषयमा समेत छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि हिजो बिहान बसेको बैठकमा जतिसक्दो छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने समझदारी बनेको थियो।

प्रधानमन्त्री भएको दुई हप्ता बित्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर देउवाको आलोचना हुन थालेको छ । आलोचना बढ्न थालेपछि प्रधानमन्त्री देउवाले हिजो गठबन्धनका नेताहरुलाई छिटो मन्त्री बन्नेहरुको नाम दिन आग्रह गर्नु भएको थियो ।

एमालेको नेपाल खनाल पक्ष अहिलेसम्म पनि सरकारमा जाने नजाने निर्णय गर्न सकेको छैन ।जसका कारण दलहरु कसले कति मन्त्रालउ पाउने भन्ने पनि छलफल हुन सकेको छैन । जनमोर्चाले आफूहरू सरकारमा नजाने बताइसकेको छ।