८ बैशाख २०८१, शनिबार

अवैध चल्ला नष्ट

nast 750x375 1

भन्सार छलेर चोरी पैठारी गरि भित्र्याउने क्रममा बरामद गरिएको २ हजार भन्दा बढी ब्रोइलर कुखुराका चल्ला प्रहरीले नष्ट गरेको छ ।

मंगलबार राती ८ बजेतिर खडक नगरपालिका ७ स्थित भारतीय सीमा क्षेत्र हुँदै भन्सार छलेर भित्र्याइएका २ हजार ४ सय थान चल्ला बरामद गरि इलाका प्रहरी कार्यालय कल्याणपुरले बुधबार नष्ट गरेको हो ।

प्रहरी निरीक्षक उमाशंकर साहका अनुसार गस्तिमा खटेको प्रहरी टोलीलाई देखेर अवैध रुपमा चल्ला ल्याउने व्यक्ति भने फरार भएका थिए । बरामद चल्ला जनप्रतिनिधि तथा पशु क्वारेन्टाइनका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ ।