२१ बैशाख २०८१, शुक्रबार

राजसंस्था फर्काउन पूर्वपन्च एक ठाँउ: तीन अध्यक्ष रहने

rpp unification sign

लामो समययता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा र राप्रपा (संयुक्त) बीच एकता हुने चर्चा चलिरहेकोमा शनिबार एकताका लागि आधारपत्रमा हस्ताक्षर समेत भएकाे छ । शनिबार राती तीन अध्यक्ष बीच भएको सहमतीपछि एकता टुंगो लागेको हो।

२०७४ को निर्वाचन र हालै सम्पन्न उपनिर्वाचनको परिणाम निराशाजनक आएपछि दुई पार्टी एक भएका बुझिन्छ। पार्टीको नीति र सिद्धान्त पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, साझा संस्थाको रुपमा राजसंस्था रहने लगायत हुनेछ ।

हालका लागि राप्रपाको विधानलाई अन्तरिम विधान मानिएको छ भने दुबै दलको विधानलाई सामन्जस्य गरी एकीकृत विधान बनाउने सहमति दुई राप्रपाबीच बनेको छ । ६ महिनाभित्र विधान कमिटीले विधान प्रस्ताव गर्ने छ । सहमति अनुसार डेढ वर्षभित्र एकीकृत पर्टीको महाधिवेशन गरिने छ ।

rpp unification press release 1
rpp unification press release 2

सहमती अनुसार एकतापछिको राप्रपामा तीनै जना अध्यक्ष रहने छन् भने एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहनेछ र एकताको घोषणा फागुन २८ गते हुनेछ ।

२०४७ सालमा गठन भएको राप्रपा पटक–पटक फुट्दै र जुट्दै आएको छ भने यसअघि २६ साउन २०७५ मा पार्टी एकता घोषणा गर्ने अवस्थामा थियो । तर, अन्तिम अवस्थामा चुनाव चिह्नमा कुरा नमिलेपछि एकता टरेको थियो।

अहिले राप्रपाको झण्डा नै एकीकृत पार्टीको झण्डा रहने सहमति भए पनि चुनाव चिह्न टुंगो लागेको छैन । यसबारे पार्टीको उपयुक्त निकायबाट ६ महिनाभित्र निर्णय लिने सहमति छ ।