७ बैशाख २०८१, शुक्रबार

कुन ब्लड ग्रुप भएका व्यक्तिलाई हृदयघातको सम्भावना कति ?

heartfail

हालै सार्वजनिक गरिएको एक अध्ययन रिपार्ट अनुसार ब्लड ग्रुप अनुसार हृदयघातको सम्भावना पनि फरक फरक हुन्छ । नेदरल्याण्डमा भएको अध्ययनको निष्कर्षमा ‘ओ’ ब्लड ग्रुप भएका व्यक्तिहरु भन्दा ए, बी र एबी ब्लड ग्रुप भएका व्यक्तिहरुलाई हृदयघातको संभावना ९ प्रतिशत बढी हुने उल्लेख छ ।

वैज्ञानिकहरुले हालै गरेको एक अध्ययनले ओ ब्लड ग्रुप बाहेकका अन्य ब्लड ग्रुप हुने व्यक्तिहरुमा हृदयघात हुने सम्भावना बढि हुने देखाएको छ ।

‘ए’, ‘एबी’ र ‘बी’ ब्लड ग्रुप भएका व्यक्तिहरुमा ब्लड क्लटीङ (रगत बग्न रोक्ने) प्रोटिनको मात्रा धेरै हुने भएकाले यस्तो भएको हृदयघात हुन सक्ने सम्भावना बढ्ने गरेको बताइएको छ ।

एक लाख भन्दा बढी मानिसहरुमा गरिएको सर्वेक्षणमा हजार जना मध्ये १५ जना ओ ब्लड ग्रुप बाहेकका व्यक्तिमा हृदय सम्बन्धी रोगको सम्भावना देखा परेको थियो । अघिल्लो अनुसन्धानमा भने ‘एबी’ ब्लड ग्रुप हुने व्यक्तिहरुमा सबैभन्दा बढी खतरा रहेको पत्ता लागेको थियो ।

रगतमा विलेब्रैड धेरै भएमा हृदयघातको संभावना बढी हुन्छ । विलेब्रैड रगतलाई जमाउन सहयोग गर्ने प्रोटीन हो, जुन थ्रोम्बोटिक प्रक्रियासँग जोडिएको हुन्छ । ए ब्लडग्रुपका मानिसहरुलाई कोलस्ट्रोलको संभावना धेरै हुन्छ, जुन हृदयघातको मुख्य कारण भएको अध्ययनमा भनिएको छ ।

ओ ब्लडग्रुप भएका मानिसहरुमा ग्यालेक्टिन ९३ को संभावना धेरै हुने र ग्यालेक्टिन ९३ प्रोटीनले सुन्निने र हृदयघात हुने संभावनालाई कम गर्ने अध्ययनकर्ताहरुले बताएका छन् ।

ओ ब्लडग्रुप हुने व्यक्तिहरुमा हृदयघातको संभावना कम हुने नेदरल्याण्डको ग्रोनिगन विश्वविद्यालयका प्रमुख लेखक र उनका छात्राहरुले गरेको अध्ययनमा पत्ता लागेको हो । एजेन्सी