१३ बैशाख २०८१, बिहीबार

कोरोना भाइरसका कारण संसारभर जातिय भेदभाव र पूर्वाग्रह बढ्दै

xenophobia

चीनको हुबेई शहरको वुहान शहरमा शुरु भएको कोरोना भाइरसका कारण विशेष गरी यूरोप, उत्तरी अमेरिका र एशिया प्रशान्त क्षेत्रमा चिनियाँ र पूर्वी एसियाली मानिसहरु प्रती पूर्वाग्रह, भेदभाव, हिंसा र जातीयतामा वृद्धि भएको छ। अफ्रिकामा केहि देशहरूमा चिनियाँ विरोधी भावना बढ्दो देखिरहेका छन्।

अर्जेन्टिना

२ फेब्रुअरी २०२० मा, अर्जेन्टिनाको ला प्लाटा शहरको एक चिनियाँ सुपरमार्केट मालिक र एक ग्राहकको बीचमा झगडा भएको थियो।जब ग्राहकले चिनियाँ जनता र कोरोनाभाइरसको बारेमा चुट्किला सुन्नए त्यस्पछी स्थिती असामान्य बन्यो । झगडामा दुबै व्यक्तिहरु घाइते भए र अन्तत पुलिसले हस्तक्षेप गर्नु पर्‍यो।

अस्ट्रेलिया

पोर्ट हेडल्याण्ड, पश्चिमी अस्ट्रेलियाको वूलवर्थ्स सुपरमार्केटमा एक कर्मचारीले एशियन मूलका ग्राहकहरुलाई प्रवेश दिन अस्वीकार गरे । उनले यो कोरोना भाइरसको प्रसार रोक्नको लागि भएको दाबी गरे। घटनाको एक साक्षीले वूलवर्थ्स का उच्च अधिकारी समक्ष उजुरी गरे । त्यस घटना पछी वूलवर्थ्सले सो घटनाको लागी माफी मागेको थियो र आफ्नो कर्मचारी गलत रहेको जनाएको थियो ।

आहिले उक्त घटनाको पूर्ण अनुसन्धान भइरहेको भनिएको छ ।

क्यानाडा

२८ जनवरी २०२० मा, एक अनलाइन याचिका दायर गरियो, जसमा चिनियाँ विद्यार्थीहरूलाई प्रतिबन्धित गर्न स्कूलहरूलाई आग्रह गरिएको थियो। टोरोन्टोका २०८ स्कूलहरूको प्रतिनिधित्व गर्ने बोर्डले उक्त याचिकाले जातिवाद र पूर्वाग्रह जगाउने काम गरिरहेको छ भनेर निन्दा गर्‍यो ।

https://www.ipetitions.com/petition/stop-2019nCoV-spread-in-york-region-school

२६ जनवरी २०२० मा क्यानाडाको सि टि भि न्युजका लागी काम गर्ने पिटर अक्मान ले एक जातिय ट्वीट्मा आफ्ना केश काट्ने व्यक्ती को फोटो राख्दै भने “आशा छ आज मैले राम्रो केश कटाइ मात्र पाँए” । उनको त्यो ट्वीट्को कारण आफ्नो जागिर गुमाए ।

इजिप्ट

कायरोमा रहेको जापानी दूतावासका अनुसार स्टोरका क्लर्कहरू जापानी ग्राहकहरुको सेवा गर्न हिचकिचाइरहेका छन् । साथै सडकमा जापानीहरुलाई “कोरोना” शब्द गाली र होच्याउन प्रयोग गरिरहेका छन ।

japan cairo news

फ्रान्स

फ्रान्सेली अखबार “ले कउरियर पिकार्डले” २६ जनवरी २०२० मा पहिलो पृष्ठमा “पहेलो खतरा” शीर्षकको साथ मास्क लगाएको एक एशियाई महिलाको फोटो छापेको थियो। उक्त अखबारले “एउटा नयाँ पहेंलो खतरा” शीर्षक राखेर एक सम्पादकीय पनि लेखेको थियो।

फ्रान्सेली एशियनहरूले उक्त प्रकाशनको निन्दा गरे र #JeNeSuisPasUnVirus (जसले “म एक भाइरस हुँईन” भन्ने अनुवाद गर्दछ) ह्याशट्याग सुरु गरे।

जर्मनी

बर्लिनमा चिनियाँ दूतावासले कोरोना भाइरसको प्रकोप भएदेखि नै त्यहाँका नागरिकहरूमा वैमनस्यक मुद्दाहरूको वृद्धिलाई स्वीकार गरेको छ। १ फेब्रुअरी २०२० मा बर्लिनमा २३ बर्षे चिनियाँ नागरिकलाई जातीय अपमान गरे र पछि दुई अज्ञात आक्रमणकारीहरूले उनलाई कुटपिट गरे ।

त्यस्तै ५ फेब्रुअरी २०२० मा, बर्लिनकी एक स्त्रीरोग विशेषज्ञले एक चिनियाँ महिलाले उनको क्लिनिकमा कोरोनाभाइरस संक्रमित गर्न सक्छिन भनेर उनलाई फर्काइदिइन । उक्त चिनियाँ महिलाले गएको ३ महिनामा चीन भ्रमण गरेकी थिइनन् ।

हङकङ्

हंग होममा रहेको टेंनो रामेन नामक एक जापानी नूडल रेस्टुरेन्टले चिनियाँ ग्राहकहरु सेवा गर्न अस्वीकार गरे। रेस्टुरेन्टले फेसबुकमा लेखे, “हामी अब बाँच्न चाहन्छौं, हामी स्थानीय ग्राहकहरूको सुरक्षा गर्न चाहन्छौं, कृपया हामीलाई माफ गर्नुहोस्।”

इटाली

ला रिपब्लिका अनुसार रोमको एक प्रतिष्ठित संगीत संरक्षक रोबर्टो जिउलिआनीले कोरियाली, चिनियाँ, जापानी र सबै एसियाली विद्यार्थीहरुका लागी कक्षा कोठा प्रवेश बन्द गरे । यसबाट, सबैभन्दा ठूलो धक्का कोरियाली आप्रवासी समूहलाई पर्‍यो, किनभने उनिहरु संगीत सिक्ने समुहमा सबै भन्दा ठुला समुह थिए ।

मुलत: चिनियाँ र फिलिपिनो मूलका मानिसहरूमाथी आक्रमणहरू (अस्पताल भर्नाको लागि पर्याप्त गम्भीर) भएको समाचारहरु आए भने केही अधिकारीहरूले एसियाली मूलका विद्यार्थीहरूलाई घरमा बस्न आग्रह गरे।

    सम्बन्धित समाचार...