१४ बैशाख २०८१, शुक्रबार

मीनबहादुर विश्‍वकर्माको प्रश्न : संसद भवनमै साबुन-पानी छैन, गाउँको हालत के होला ?

Min Bishwokarma

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्‍वकर्माले नोभल कोरोना भाइरसबारे सरकारले पर्याप्त तयारी नगरेको भन्दै आलोचना गरेका छन्।

सांसद गगनकुमार थापाले शुक्रबार संसदमा दर्ता गराएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले कोरोना भाइरसले विश्‍व अर्थतन्त्र अस्तव्यस्त हुन लागेकोतर्फ सरकारको ध्यानाकर्षण गराए। विश्‍वभर पुगिसकेको कोरोनाका कारण नेपालमा पनि रेमिट्यान्स आउने कुरा प्रभावित हुन्छु, उनले भने, कोरोनाले नेपालको अर्थतन्त्रमा पनि ठूलो क्षति पुग्दैछ।

निजी क्षेत्रमा गम्भीर असर पर्ने देखिएको छ। यस्तो बेला निजी क्षेत्रलाई सरकारले सहयोग गर्नु आवश्यक छ। उनले कोरोनाबाट बच्न सरकारो तयारी अपुग भएको भन्दै आलोचना गरे। कोरोनाबाट जोगिन सरकारको तयारी नै देखिएनु, उनले भने, आर्थिक क्षेत्रमा गम्भीर असर पार्दैछ तर सरकारले अझै तयारी थालेको देखिएन।

उनले संसद भवनमै कोरोनाबाट जोगिन हात धुने व्यवस्था नभएको भन्दै कटाक्ष गरे। संसद भवनमै साबुन-पानी छैन गाउँको हालत के होला ?, उनले सोधे, काठमाडौंमै तयारी देखिएन, गाउँमा कोरोना फैलिए सरकारले कसरी जोगाउला नागरिकलाई ?