७ बैशाख २०८१, शुक्रबार

भोलि बेलुकासम्मा मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउँनसक्छ

Min Bishwokarma
फाइल फोटो

सत्तारुढ गठबन्धनका यी दलहरुको टुंगो लागेसँगै मन्त्रीपरिषद् विस्तारले छिट्टै नै पूर्णता पाउने भएकाे छ। काँग्रेस नेता मीन विश्वकर्माले गोरखापत्र अनलाइनसँग कुरा गर्नुहदै कुन दललाई कति मन्त्रालयको जिम्मेवारी दिने भन्न विषयमा टुंगो लागिसकेको बताउनुभयो ।

नेपाली काँग्रेसलाई सात, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई छ/छ वठा मन्त्रालयको टुंगो लागिसकेको छ । यसैगरी काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एक/एक राज्यमन्त्री गरL जम्मा तीन राज्यमन्त्रीको विषयमा झलफल भएको विश्वकर्माले बताउनुभयो ।

भोलि सोमबार बेलुकासम्मा मन्त्रीपरिषद् विस्तारले पूर्णता पाउने देखिएको छ, यसबीचमा पुन: छलफल भने हुनेछ, उहाँले बताउनुभयो । मन्त्रालयको संख्या टुंगिए पनि सत्तारुढ गठबन्धनबाट कसलाई सरकारमा पठाउने भन्नेबारे निर्णय भइसकेको छैन, तसर्थ सकभर भोलि मन्त्रीपरिषद् विस्तारले पूर्णता पाउने विश्वकर्माले बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले विगतदेखि नै मन्त्रिपरिषद् विस्तारको कार्यलाई पूर्णता दिन जोड दिदै आएको छ । तात्कालीन समयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र जनता समाजवादी पार्टीभित्रको आन्तरिक विवाद लगायत प्राविधिक समस्याका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको जनाइएको छ । तर पछिल्लो समय नेकपा एमालेबाट विभाजित दल नेकपा (एकीकृत समाजवादी) दलले निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरिसकेको छ । जसपाबाट विघटित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि भदौ ९ गते नै दलको आधिकारिकता प्राप्त गरिसकेको छ ।