१४ बैशाख २०८१, शुक्रबार

नेपालमा करिब ६९ प्रतिशत नागरिकमा कोरोनाविरुद्धको एन्टिबडी

2138.jpg
फाइल फोटो

नेपालमा करिब ६९ प्रतिशत नागरिकमा कोरोनाविरुद्धको एन्टिबडी पाइएको छ ।

स्वास्थ्य मन्त्रालयले गरेको अनुसन्धानमा ६८ दशमलव ६ प्रतिशत नागरिकमा एन्टिबडी पाइएको हो । मन्त्रालयले आज निकालेको विज्ञप्तिमा असार २१ देखि साउन ३० गतेसम्म संकलन गरिएका १३ हजार १ सय ६१ जनाबाट लिएको नमूनाको अध्ययन गर्दा करिब दुई तिहान नागरिकमा एन्टिबडी पाइएको उल्लेख छ ।

अध्ययनका क्रममा खोपको एक डोज मात्रा लगाएकामा ८० प्रतिशत र दुबै डोज लगाएकामा ९० प्रतिशतमा एन्टबडी पाइएको छ । यसबाट नेपालमा लगाइँदै गरेको खोपको प्रभावकारिता देखिएको मन्त्रालयले जनाएको छ ।

हिमाल, पहाड, तराइ गाउँ शहर, सबै लिंग र उमेर समूहमा समान रुपमा एन्टिबडी पाइएको मन्त्रालयले जनाएको छ । भाइरसविरुद्ध लड्न शरिरले निर्माण गर्ने प्रतिरोधक क्षमतालाई एन्टिबडी भनिन्छ ।

यो अनुसन्धानले नेपालमा जोखिममा रहेको संख्या अब कम भएको पाइएको छ । यद्यपि मन्त्रालयले भाइरसले रुप परिवर्तन गर्न सक्ने भन्दै सचेत रहन सबैमा अपिल गरेको छ ।