८ बैशाख २०८१, शनिबार

कम उमेरमा भएकाे बिहेले मर्नु न बाँच्नु

disable

बाजुराको बुढीगङ्गा नगरपालिका –४ कोटकी जयश्वरी थापाले साथीहरुको लहलहैमा लागेर १३ वर्षकै कलिलो उमेरमा अछामका १५ वर्षीय डम्मर धामी सँग विवाह गर्नुभयो । पढेर केही गर्छ भन्दै आएकी थापाले गाउँका अन्य साथीहरुले पनि विवाह गरेको सिको गर्दै धामी सँग विवाह गरेकी थिइन् ।

बुढीगङ्गा नगरपालिका ४ मा रहेको थुमा माविमा कक्षा ८ मा अध्ययन गर्दै आएकी थापाले पढाइ छोडेर विवाह गरेको दुइ वर्षमै एकल भएपछि अहिले उहाँलाई जीउनु नमर्नु पर्ने अवस्था भएको छ ।

सानै उमेरमा विवाह गर्दा पछि के होला भन्ने कुराको महसुस नै नभएकी थापाको विवाह गरेको दुइ वर्षमै जीवनमा ठुलो आँधाहुरीले सपना चकनाचुर पारिदिएको छ ।

विवाह गरेको दुई वर्षमै कामका लागि भारतमा गएका श्रीमानको मृत्युको खवरले थापाको दिनप्रतिन तनावले डिप्रेसन भएपछि उहाँलाई अहिले न जीउनु न मर्नु भएको छ ।

कामका लागि भारत गएको दुई वर्षमै उनका श्रीमानको मृत्यु भएपछि पोइली घरमा उनको स्यार सुसार गर्ने र सम्झाउने आफन्त पनि कोही नभएपछि त्यो तनावकै कारणले थापालाई डिप्प्रेसन भएको हो ।

आमा बुवाले माइती घरमा ल्याएर स्याहार गर्दै आएको भएपनि डिप्रेसन बढ्दै गएका कारण अहिले उहाँको अवस्था थप जटिल बन्दै गएको छ ।

माइती घरमा पनि आर्थिक स्थिति निकै कम्जोर भएका कारण थापाको केही उपचार गर्न नसकेको जयश्वरी थापाकी आमा हिमा थापाले बताउनुभयो ।

श्रीमानको माया ममता नपाउँदै अकालमै एकल हुनु पर्ने अवस्थाका कारण उनी डिप्प्रेसनमा आएकी हुन् । अहिले उनलाई अरुको साहारमा जीवन जीउँदै आउनु परेको गुडनेर्वसका कर्मचारी तथा स्वास्थ्यकर्मी गोमती कटुवालले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक अस्थाका कारण माइत पोइलबाट उनको समयमै उपचार हुन नसकेपछि जयश्वरी थापाको दिनदिनानु अवस्था निकै दयनीय हुँदै गएको छ ।

आमा हिमा थापाका अनुसार उनी गाउँ नजिकैको थुमा माविमा कक्षा आठमा पढ्ने गरेकी थिइन् ।

घरको अवस्था निकै कम्जोर भएका कारण काम गर्नु पर्ने र त्यो बाहेक हामीलाई सघाउने घरमा अरु कोही नभएकोले सँगै पढाइ गर्दै आएकी थिइन् । गाउँका साथी भाइहरुको लहलहमा पढाइ छोडेर पोइल गएको दुइ वर्षमा यस्तो अवस्था भएको हिमा थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, माइतमा यती राम्रो जीउ डाल थियो ,पोइल गएको दुइ वर्षमै यो हालतमा आउँदा आफुलाई समेत तनाव हुन थालेको छ ।

बाजुराका अधिकांश ठाउँमा अहिले पनि उमेर नपुगेर विवाह गर्नेको सङ्ख्यामा कमी आएको छैन् ।

धर्म सांस्कृतिक, तथा समाजमा रहँदै आएको कुरीति, कुप्रथा र आर्थिक समस्याका कारण अहिले पनि जिल्लाका नौ वटै पालिकामा बालविवाह गर्नेको सङ्ख्यामा बढ्दै गइरहेको बालअधिकारकर्मी सविन थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो,सानै उमेरमा छोरीलाई गोडा धोएर पानी खान पाइएमा आफूलाई पुन्य हुने सोच भएका अविभावककै कारण यसअघि पनि बाजुराका प्रत्येक स्थानीय तहमा छोरा छोरीको सानै उमेरमा विवाह गर्ने प्रचलन थियो ।

अहिले त्यो चलनमा कमी आए पनि आर्थिक अवस्था कम्जोर भएर उच्च शिक्षा पढ्न नसकेपछि पढाइ छोडेर विवाह गर्दा त्यो सङ्ख्यामा वृद्धि हुँदै आएको अधिकारकर्मी रावत बताउनुभयो ।
यसैको ज्वलन्त उदारहण बन्यो बुढीगङ्गा नगरपालिका ४ का कोट निवासी जयश्वरी थापाको ।
अहिले २३ वर्षीय थापाले घरको आर्थिक स्थिति निकै कम्जोर भएका कारण आठ कक्षा छोडेर १५ वर्षमै अछामको चौरपाटी गाउँपालिका ४ पायल निवासी १८ वर्षीया डम्मर धामी सँग विवाह भएको थियो ।

विवाह गरेको भोलि पल्ट धामी श्रीमतिको पालन पोषण गर्ने भनेर भारतमा जानु भयो र भारत गएको दुइ वर्षमा धामीको मृत्यु भएपछि अहिले उहाँको जीवन निकै धराप पर्दै आएको छ ।
सानै उमेरमा विवाह गर्दा के असर हुन्छ भन्ने कुराको कुनै जानकारी नभएकी थापा अहिले न बोल्न सक्छन नत हिड्डुल गरेर दिशा पिसाब गर्न सक्छन् ।

दिशा पिसाब भएको थाहा नपाउने थापाको अहिले निकै नाजुक अवस्था भएकाले उहाँका उपचारका लागि आमा बुवाले विभिन्न सहयोगी मनहरुमा उपचारका लागि आर्थिक सहयोगका माग राख्दै आएका छन् ।