१३ बैशाख २०८१, बिहीबार

बुढीगंगा नगरपालिकाले हटायो करारका पाँच कर्मचारी

Budiganga

जिल्लाको बुढीगंगा नगरपालिकाले आज (पुस ५ गते) देखि लागू हुने गरी केही करार कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको ५ औँ बैठकले नगरपालिका अन्तर्गतका मनोसामाजिक संयोजक र सहजकर्ता सबै, ल्याब असिस्टेन्ट खडकबहादुर विष्ट, अनमी अनिताकुमारी थापा, ना.प्रा.स हरिबहादुर रावल, तपेन्द्र विक्रम शाहलाई म्याद थप नगर्ने निर्णय गर्दै जिम्मेवारीबाट हटाएको हो ।

हटाइएका कर्मचारीहरुले भने नगरपालिकाले आफूहरुलाई बिना कारण हटाएको भन्दै आपत्ति जनाएका छन् ।

राजनीतिक पूर्वाग्रह राख्दै नगर प्रमुख रामबहादुर बानियाँ र उपप्रमुख माया खड्का (कुँवर) ले फरक आस्थाका कारण आफूहरुलाई हटाएको उनीहरुको आरोप छ । हटाईएका करार कर्मचारी नेपाल निजामती कर्मचारी युनियनमा आबद्व छन् ।

बुढीगंगा नगरपालिका वडा नम्बर – ६ का वडाध्यक्ष तथा कार्यबहाक नगर प्रमुख हेमराज जैशीले नगरकार्यपालिकाको पहिलो बैठकले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने र राम्रो काम नगर्ने कर्मचारीलाई हटाउने निर्णय गरेको हुदाँ सोही निर्णय अनुसार कर्मचारीको कामको मूल्यांकनका आधारमा म्याद थप नगरी हटाइएको बताए ।

ती कर्मचारीहरुले आफ्नो जिम्मेवारीभन्दा फरक ढंगले काम गरेको हुँदा हटाइएको जैशीको भनाइ छ ।

यसअघि जिल्लाको बडीमालिका नगरपालिकाले करार कर्मचारीहरुको म्याद थप नगरी हटाएको थियो । जिम्मेवारीबाट हटाइएपछि आन्दोलित करार कर्मचारीले नगरपालिका कार्यालयमा तालासमेत लगाएका थिए । उक्त ताला जनप्रतिनिधिले तोडेर कार्यालय सञ्चालन गरेका थिए ।

बिना कारण राजनीतिक आस्थाका आधारमा आफूहरुलाई हटाइएको करार कर्मचारीको आरोप छ ।

Budhiganga