११ बैशाख २०८१, मंगलवार

ओली गलत बाटोमा रहेकाले कुनै सम्झौता नहुने नेपाल पक्षको अडान

Birodh Khatiwada
फाइल फोटो

नेकपा एमालेको नेपाल–खनाल पक्षले आफूहरु सही बाटोमा रहेकाले अध्यक्ष केपी शर्मा ओलीसित कुनै सम्झौता नगर्ने बताएको छ ।

बरु पार्टीलाई एक राख्ने हो भने अध्यक्ष ओलीले पद छोड्नुपर्ने उसको शर्त छ । संस्थापन पक्षले कारवाहीको तयारी गरिरहेका बेला नेपाल–खनाल थप अडान र शर्त राखेको हो । आफ्नो पक्षमा सांसद बढाउने गरी उसले काम गरिरहेको छ ।

हिजो नेपाल–खनाल पक्षका सांसदबीचको छलफलपछि एमाले नेता एवं सांसद विरोध खतिवडाले ओलीतिर लागेकाहरुले बाटो बिराएकाले उनीहरुलाई सही ठाउँमा ल्याउने बताउनुभयो ।

एमालको ओली पक्षले संविधानलाई गलत बाटोमा लैजान खोजेको पुष्टि भएको भन्दै अब आफूहरुको बाटोमा ल्याउन प्रयास हुने सांसद खतिवडाको भनाइ छ ।

ओली समूहबाट १४ जना आफ्नोमा आएको नेपाल–खनाल समूहको दाबी छ । नेपालखनाल पक्षले ओली पक्षका ओली पक्षका अझै केही सांसदले साथ छोड्ने दावी पनि गरेको छ ।