१६ चैत्र २०८०, शुक्रबार

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

gold

नेपाली बजारमा आज सुनको मूल्यमा ७ सयले गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सय कारोबार भइरहेको थियो ।

तेजावी सुन प्रतितोला ९२ हजार निर्धारण गरिएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २६० तोकिएको छ ।