१४ बैशाख २०८१, शुक्रबार

दुई घण्टा ढिलो गरी शेरबहादुर देउवाले लिए सपथ, ओली अनुपस्थित

sher deuwa primeminister oath 1

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीतलनिवासमा सपथ खुवाएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाएपछी ६ बजे शुरु हुने भनिएको कार्यक्रम रोकिएको थियो । नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका थिए ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ ८ बजेपछि मात्र शुरु भएको हो । शेरबहादुर देउवाको नियुक्तिपत्र सच्चिएपछि मात्र उनले सपथ लिएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल (प्रचण्ड), डा. बाबुराम भट्टराईका साथै माधवकुमार नेपाल लगायत राष्ट्रपति कार्यालय उपस्थित रहेका छन ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रही प्रधानमन्त्रीको शपथग्रहणमा निवर्तमान प्रधानमन्त्री जाने प्रचलनलाई तोडेका छन्।