१४ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा एमाले स्थायी कमिटी र नेता नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक सँगसँगै

kp oli madhav nepal

बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक बस्दै गर्दा वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक बसेको छ ।

कोटेश्वर बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी भइरहेका छन् । बैठकमा सर्वोच्च अदालतको आदेशपछि उत्पन्न राजनीतिक परिस्थितबारे छलफल हुने जनाइएको छ । विपक्षी गठबन्धनमा लागेका एमाले नेता भीम रावल आज बालुवाटारमा स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । कार्यदलको सहमतिपछि एमाले एकताबद्ध भएको भनिए पनि व्यवहारमा भने त्यस्तो देखिएको छैन ।